Rule 12
बृक्षारोपण तथा रुख विरुवाको संरक्षण
(१) उपभोक्ता संस्थाले प्रचलित वन ऐन तथा नियमावली बमोजिम सम्बन्धित वन कार्यालयबाट सामुदायिक वन कार्ययोजना स्वीकृत गराई सो बमोजिम नहर, शाखा नहर, प्रशाखा नहर, कुलो वा कुलेसोको किनारा वा सीमा (राईट अफ वे)
मा वृक्षारोपण गर्न सक्नेछ । त्यसरी वृक्षारोपण गर्ने स्थान निर्धारण गर्दा सम्बन्धित सिंचाइ कार्यालयस“ग समन्वय गर्नु पर्नेछ ।
(२) उपभोक्ता संस्थाले उपनियम (१) बमोजिमको कार्ययोजना स्वीकृत नभएसम्म देहाय बमोजिमको समितिको स्वीकृति लिई नहर, शाखा नहर, प्रशाखा नहर, कुलो कुलेसोको किनारा वा सीमामा रहेका, सडेका वा ढलेका रुख काँट छाँट गरी बिक्री गर्न सक्नेछ ः–
(क) सम्बन्धित सिंचाइ कार्यालयको प्रमुख संयोजक
(ख) सम्बन्धित जिल्ला विकास समितिको प्रतिनिधि सदस्य
(ग) सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरको प्रतिनिधि सदस्य
(घ) सम्बन्धित जिल्ला वन कार्यालयको अधिकृतस्तरको प्रतिनिधि सदस्य
(ङ) सम्बन्धित उपभोक्ता संस्थाको अध्यक्ष सदस्य
(च) सम्बन्धित जिल्ला सिंचाइ उपभोक्ता संघको प्रतिनिधि सदस्य
(३) उपनियम (२) बमोजिमको समितिको बैठक सम्बन्धी कुरा समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।